धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले ३२ हजार २ सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतले पछि पारेका हुन् । यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।