काठमाडौं । बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ। बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा मंसिर २६ गते र ढिलोमा पुस ६ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएलएस क्यापिटल रहेको छ।