काठमाडौं । सुनसरी ४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आइतबारदेखि रोकिएको मतगणनालाई सुचारु गर्न आयोगले निर्देशन दिएको हो ।
बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोगमा निवेदन दिएका थिए ।
तर आयोगले कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । सो क्षेत्रका ८ वटा वडाको मतगणना हुन बाँकी रहेको छ ।