काठमाडौं । काठमाडौंको थापाथलीको सुकुम्वासी बस्ती हटाउन लाग्दा तनावग्रस्त बनेको छ । बस्ती हटाउन सोमबार गएको काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो।
वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।
अहिले घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।अहिले यो क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ।