images
images

मकवानपुरमा साढे ३१ हजार मत बदर


  • 478
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    मकवानपुरमा साढे ३१ हजार मत बदर

    काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार ४ सय ७४ मत बदर भएको छ । 

    बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार ४ सय ८९ मत खसेकोमा ४ हजार ५८ मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४६ हजार २ सय ३० मत खसेकोमा १ हजार ६ सय ६३ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४५ हजार ८० मत खसेकामा ५ सय ४ मत बदर भएको आयोगको भनाइ छ । 

    निर्वाचन क्षेत्र नं २ मा ८६ हजार ३ सय १ मत खसेकोमा ४ हजार १ सय २ मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४५ हजार ८ सय ५३ मत खसेकामा १ हजार ५ सय ९९ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४३ हजार ३ सय २९ मत खसेकामा १ हजार ४ सय ९४ मत बदर भएको छ । 

    प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ प्रदेशसभा १ मा  ४५ हजार ७५ मत खसेकामा एक हजार छ सय ९८ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४६ हजार १२ मत खसेकामा २ हजार ३ सय ९५ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं २ मा ८६ हजार ३ सय ३८ मत खसेकामा ४ हजार १ सय १४ मत बदर भएको छ भने प्रदेशसभाका लागि ८६ हजार ३३ मत खसेकामा ५ हजार २ सय ६६ मत बदर भएको छ । 

    मकवानपुरमा यसपटकको निर्वाचनमा ३ लाख ७ सय ३३ मतदातामध्ये १ लाख ७८ हजार २ सय ८२ जनाले मात्र मतदान गरेका थिए । 

    कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले मतदाता शिक्षा सञ्चालन भए पनि यति धेरै सङ्ख्यामा मत बदर हुनु आश्चर्यजनक भएको बताउनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यसभन्दा कम मत बदर भएको उहाँको भनाइ छ । कार्यालयले निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहका एक सय २ वटा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।


    images
    images

    Logo