images
images

मौद्रिक नीतिकाे समिक्षापछि १५.६१ अंकले घट्यो शेयर बजार


  • 300
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    मौद्रिक नीतिकाे समिक्षापछि १५.६१ अंकले घट्यो शेयर बजार

    काठमाडौं । आज शेयर बजारसँगै कारोबार रकम पनि घटन पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) १५.६१ अंकले घटेर १ हजार ९ सय ४९ दशमलव ३३ अंकले विन्दुमा झरेको छ । 

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेसँगै बजार बढ्ने आकंलन गरिएको थियो । तर सोमबार सो अंक बराबरले घट्न पुगेको हो । १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

    आइतवार दुई अर्बभन्दा धेरैको कारोबार भएको थियो भने सोमबार १ अर्ब ४९ करोड रुपैयामा सिमित भएको छ । आज ३६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १५ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । 

    आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज नविल बैंकको ७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ५ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    images
    images

    Logo