काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूलय प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८६ रुपैयाँमा कायम भएको छ ।