सुनसरी क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी भएका छन् । उनी ४ सय ५३ मतको मतान्तरले विजयी भएका हुन् ।
अन्तिम मतपरिणम अनुसार राईले १७ हजार ५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी छिन् । यस्तै, माओवादी केन्द्रका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन् ।