images
images

स्पेनसँग बराबरी खेलेपछि जर्मनीको अन्तिम १६ को आशा जीवित 


  • 313
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    स्पेनसँग बराबरी खेलेपछि जर्मनीको अन्तिम १६ को आशा जीवित 

    काठमाडौं । विश्वकपको पछिल्लो खेलमा जर्मनी र स्पेनले  बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकप २०२२ मा पूर्व विजेताद्वयको भिडन्तमा जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

    बराबरीसँगै जर्मनीको अन्तिम १६ मा पुग्ने सम्भावना जीवित रहेको छ । 
    समूह ‘ई’ को यो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६२ मिनेटमा स्पेनले मोराटाको गोलबाट अग्रता लियो।

    त्यसपछि दबाबमा परेको जर्मनीले ८३ मिनेटमा बराबरी गोल फर्काउन सफल भएको थियो। उसका लागि फुलक्रुगले गोल गरेका थिए। बराबरीसँगै समूहको शीर्षमा स्थानमा रहेको स्पेनको चार अंक भएको छ। दोस्रो स्थानको जापान र तेस्रो स्थानको कोस्टारिकाको तीन तीन अंक छ। जर्मनी एक अंक जोडेर पुछारमा छ।

    अब अन्तिम चरणमा जर्मनी र कोस्टारिका तथा जापान र स्पेनबीच खेल हुनेछ। स्पेनबाहेक अरु तीन टिमलाई अन्तिम १६ मा पुग्न जित आवश्यक छ। कोस्टारिकालाई हराए पनि जर्मनीले अन्तिम १६ मा पुग्ने जापानको पनि हारको कामना गर्नु पर्नेछ।


    images
    images

    Logo