काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २६ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले चुक्ता पूँजीको १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि समेत ७.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यस अनुसार मंसिर १२ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।