काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । कूल ८६ लाख १९ हजार २ सय ६७ मत गणना सम्पन्न गरेको हो । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा (एमाले)ले २३ लाख ७१ हजार ९६ मत प्राप्त गरेको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ७० हजार ७ सय ९४ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ९ लाख ८७ हजार ८ सय ९ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ४१ हजार ६ सय ७८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार २ सय ६ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टीले २ लाख ९९ हजार ५ सय ५४, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ३३ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले २ लाख ३४ हजार १ सय २७, नागरिक उन्मुक्ति पार्टीले २ लाख १ हजार ४ सय ५२, लोकतान्त्रिक समााजवादी पार्टीले १ लाख २२ हजार २ सय ४३, नेपाल मजदूर किसान पार्टीले ७० हजार २ सय ५७, हाम्रो नेपाली पार्टीले ४८ हजार ७ सय १६, राष्ट्रिय जनममोर्चाले ४३ हजार ३ सय ५८ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३ हजार ५ सय ७ मत प्राप्त गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार ४ सय ७९ मत प्राप्त गरेको छ ।



