काठमाडौ ।उदयपुर क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले अग्रता बढ्दै गएको छ। पछिल्लो मत गणना अनुसार खडकाले १ हजार ८ सय २५ मतले अग्रता लिएका हुन ।
खड्काले २७ हजार ४ सय ८४ मत पाएका छन । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मन्जु चौधरीले २५ हजार ६ सय ५८ मत पाएर पछ्याउँदै छिन । सो क्षेत्रमा राप्रपाका धुर्ब रायामाझीले ३ हजार ४ सय २८ मत पाएका छन । सो क्षत्रमा ६७ हजार मत गणना भएको बताइएको छ ।