images
images

सेयर बजारमा करेक्सन


  • 481
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    सेयर बजारमा करेक्सन

    काठमाडौं । मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । 

    आजको दिनमा नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ अंकमा सीमित भएको छ ।

    यो दिन ३ करोड ९ लाखको  कित्ता सेयर १६ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

    यो दिन ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ । 

    यो दिन उपसूमहतर्फ विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको सब इन्डेक्समा गिरावट देखिएको छ । त्यसैगरी होटल र पर्यटन, इन्भेष्टमेन्ट इन्डेक्स, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा वृद्धि देखिएको छ ।

    यो दिन सबैभन्दा बढी कमाउने कम्पनीहरुमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, युनियन हाइड्रोपावर, हिमालयन डिस्ष्टिलरी, एनआइसीएल कम्पनी छन् ।

    त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा छ्याङी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, वरुण हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्सलगायतका छन् ।


    images
    images

    Logo