काठमाडौं । युरोकप २०२० फुटबल अन्तर्गत आज जर्मनी र फ्रान्स भिड्दै छन् ।
यी दुवै देश बीचको खेल नेपाली समयअनुसार १२:४५ बजे जर्मनीको म्युनिखमा हुनेछ ।
जर्मनीले हाल सम्म चार पटक विश्वकप र तीन पटक युरोकपको उपाधि जितिसकेको छ ।
वर्तमान विश्व विजेता फ्रान्सले भने दुईपटक विश्वकप र दुईपटक युरोकपको उपाधि जितेको छ ।
फ्रान्सले पछिल्लो समय खेलेका ६ खेल मध्ये ५ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । यता, जर्मनीले खेलेको ६ खेल मध्ये तीन खेल जितेको छ भने एक बराबरी र दुईपटक हारेको छ ।
फ्रान्सको टोलीमा राफाल भराने, पाउल पोग्बा, एन्गोलो कान्टे,एन्टोनियो ग्रिजम्यान, करिम बेन्जामा, कालियन एमबाप्पेजस्ता स्टार खेलाडी रहेका छन् ।
यता जर्मनीको टोलीमा म्यानुअल निउर, म्यान हमेल्स, इल्के गुन्डागान, थोमस मुलर, कई ह्याभर्च, सर्ज ग्नाब्ररी, रोबिन गोसेन्सलगायत युरोपका ठूला लिगमा जमेका खेलाडी रहेका छन् ।
आज यी दुई देशबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।



