काठमाडौं । २०२१ को डीभी परेकाहरुले तत्कालै अन्तर्वार्ता गर्न अमेरिकी दुतावाससँग आग्रह गरेका छन् । अमेरिकी सरकारले सञ्चालन गर्दै आएका डीभी कार्यक्रम अन्तर्गत यस वर्ष ३ हजार ८ सय १ जनाको डीभी परेको थियो ।
सरकारल विदेश जानेको अन्तर्वार्ता र भिसा प्रक्रिया सुरु गरेको अवस्थामा उनीहरुले भिसा प्रक्रिया तत्कालै सुरु गर्न नेपालस्थित अमेरिकी दुताबाससँग ‘बिन्ति’ गरेका हुन् ।
भिसा तथा बसाइँसराइ एउटा सामान्य प्रक्रिया हो । तर सार्वजनिक रुपमा गरिएको यस्तो कार्यले भने नेपालीको उचाइ घटाएको छ ।
