images
images

१७ जिल्लामा निषेधाज्ञाको समय थप, एकसाता कतै पनि खुला नहुने


  • 748
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    १७ जिल्लामा निषेधाज्ञाको समय थप, एकसाता कतै पनि खुला नहुने

    काठमाडौं । आजदेखि समय सकिने भएपछि १७  जिल्लाले सोमबार निषेधाज्ञाको समय थपेका छन् । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाले आजदेखि लागुुु हुनेगरी एक साताको समय थपेका हुन् । बाँकी जिल्लामा निषेधाज्ञाको समय बाँकी नै छ ।

    गृह मन्त्रालयले जनजीवनलाई सहुज हुनेगरी खुकुलो निषेज्ञा कायमै राख्न दिएको निर्देशनका आधारमा प्रशासनहरुले समय थपेका हुन् । गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी,  तनहुँ,  बारा,  इलाम,  अछाम,  पाँचथर  र  मुस्ताङमा  असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । 

    काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सक्रिय सङ्क्रमित भएसम्म निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । 

    अधिकांश  जिल्लामा  रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ । दार्चुलामा  असार  १० गते,  पर्सामा  ६ गते,  गोरखामा ५ गते, चितवनमा ३ गते, रामेछाप २ गते, हुम्ला २ गते, धनकुटा ३ गते र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ । ती जिल्लाहरूमा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ । 


    images
    images

    Logo