काठमाडौं । चिकित्सा शिक्षा आयोगले २०७८ सालका लागि १ हजार ८ सय ३५ जनाको कोटा तोकेको छ । देशका विभिन्न २० वटा मेडिकल कलेजहरुमा सो बराबरको कोटा निर्धारण गरिएको हो ।
त्यसरी कोटा पाउनेहरुमा १७ वटालाई एक सय सिट, एउटालाई ६५ सिट, एउटालाई ५० सिट र अर्को एउटालाई २० सिट निर्धारण गरिएको छ ।
१०० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, चितवन मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, महाराजगञ्ज मेडिकल कलेज छन् ।
त्यस्तै, नेपाल आर्मी इन्सिच्युड अफ हेल्थ साइन्सेज, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज, मनिपाल कलेज अफ मेडिकल साइन्सेज, गण्डकी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज छन् ।
त्यस्तै, पाटन एकेडेमी अफ हेल्थ साइन्सेजलाई ६५ सिट, जानकी मेडिकल कलेजलाई ५० सिट तथा कर्णाली एकेडेमी अफ हेल्थ साइन्सेजलाई २० सिट निर्धारण गरिएको छ ।
एमबिबिएससहित चिकित्सा क्षेत्रका विभिन्न विषयका लागि देशभर वार्षिक रुपमा ७ हजार ९ सय ३१ जनाको कोटा निर्धारण गरिएको छ ।
हेर्नुहोस् सूची



