images
images

नेपालमा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • 325
    SHARES
  • २०७८ जेठ ३१ गते सोमबार

    नेपालमा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यसैगरी  ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।

    यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्। 

     


    images
    images

    Logo