काठमाडौं । सोमबार सेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दै गएको छ । आजको कारोबारमा नेप्से ४२.२४ अंकले बढेर ३०२५.३४ अंकमा पुगेको छ ।
यो दिन ३ करोड ५० लाखको कित्ता सेयर १८ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । यो दिन ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
त्यसेगरी नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयर मूल्य १० प्रतिशत सकारात्मक सर्किट लागेको छ भने अन्य एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा माउन्टेन हाइड्रो नेपाल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, गुडविल फाइनान्स र ग्रीन लाइफ हाइड्रोपावर कम्पनी छन् ।



