images
images

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी, सागरले कति ल्याए मत ?


  • 524
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी, सागरले कति ल्याए मत ?

    डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

    देउवा २५ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्लले ७ हजार ५ सय ३५ मत पाएका छन् ।

    देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लाग्नुभएका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुनुहुन्छ । 

    विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भए । देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए । यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए ।


    images
    images

    Logo