भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता कायम राखेका छन्।
६५ हजार मध्ये ५५ हजार गणना हुंदा थापाले ७ सय ४२ मतको अग्रता कायम राखेका हुन ।
निर्वाचन आयोगले बुधबार बिहान ५ वजे सार्वजनिक गरेको तथ्यांक अनुसार थापाले २० हजार ८ सय ४९ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २० हजार १ सय ७ मत पाएका छन्।
यश अघिको निर्वाचनमय करिव १८ हजार मतान्तरले कांग्रेस उम्मेद्वार दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेत यश पटकको गणनामा शुरूदेखिनै पछि पर्दै आएका छन् ।