काठमाडौं । युरोकप फुटबल अन्तर्गत आज (सोमबार) विभिन्न तीन खेलहरु हुँदैछन् ।सोमबार समूह ‘डी’को एक खेल र समूह ‘ई’ को दुई खेल खेलहरु हुनेछन् । आज हुने पहिलो खेल साँझ ६ः४५ बजे स्कटल्यान्ड र चेक रिपब्लिक बीच हुनेछ ।
दुबै टोली आजको खेलमा सहज जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा हुनेछन् । आजको खेल स्कटल्यान्डको घरेलु मैदानमा हुनेछ ।
आज नै हुने अर्को खेलमा पोल्याण्ड र स्लोभाकिया खेल्नेछन् । समूह ‘ई’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछन् ।
आज नै हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । स्पेन यो सिजनको उपाधि दावेदार टोली हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
सेभियामा हुने समूह ‘ई’ मा रहेका स्पेन र पोल्याण्डबीचको खेल रोचक हुने अनुमान छ । तीनपकटको युरोकप विजेता स्पेन चौथो पटक युरोकप उचाल्ने लक्ष्यमा खेल्नेछ ।



