images
images

बालकोट एरियामा पनि महेशभन्दा दुर्लभ अगाडि, मतान्तर २ सयले बढ्यो


  • 533
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    बालकोट एरियामा पनि महेशभन्दा दुर्लभ अगाडि, मतान्तर २ सयले बढ्यो

    काठमाडौं । भक्तपुर–२ मा नेपाली काँग्रेसका दुर्लभ थापाले अग्रता झनै बढाएका छन् । एमालेका प्रभाव क्षेत्र मानिने बालकोटको मतगणना हुँदा थापाले २ सय मतान्तर बढाएका हुन् । यसअघि थापा र बस्नेतबीचको मतान्तर ६ सय रहेकोमा यो क्षेत्रको मतगणनासँगै मतान्तर ८ सय नाघेको छ । 

    हालसम्म ४८ हजार मतगणना हुँदा थापाले १८ हजार २ सय ६१ मत ल्याएका छन् भने बस्नेतले १७ हजार ४ सय २३ मत ल्याएका छन् । 

    बालकोट क्षेत्रमा थापाको १८ सय ८१ मत आउँदा बस्नेतको १६ सय ८२ मत आएको छ । यो क्षेत्र एमाले अध्यक्ष केपी शर्मा अाेलीले मतदान गरेकाे क्षेत्र समेत हो । 


    images
    images

    Logo