काठमाडौं । कात्तिक महिनाको अन्तिम ५ दिनमा वाणिज्य बैंकको निक्षेप १७ अर्बले बढेको छ । वैंर्कष संघले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकको निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल बैंकर्ष संघका अनुसार कात्तिक २५ गतेसम्म बैंकहरुको निक्षेप ४५ खर्ब ४६ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक ३० गतेसम्म आइपुग्दा बैंकहरुको निक्षेप १७ अर्बले बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, बाणिज्य बैंकको कर्जा स्थिर आएको छ । कार्तिक मसान्तसम्म कर्जा प्रवाह भने ४२ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।