काठमाडौं । हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६ सय २१ मतले पराजित गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेको उम्मेदवार आचार्य १८ हजार २ सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकतम प्रतिस्पर्धी छेवाङ तामाङले ८ हजार ६ सय १४ मत प्राप्त गरेका छन् ।
यहाँ मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २ सय १० मत पाएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १ सय ६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।
कूल २८ हजार २ सय ११ मत गणना गर्दा २७ हजार ४ सय २७ मत सदर भएको थियो भने ७ सय ८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।



