काठमाडौं । युरोकप २०२० मा आइतबार राति भएको खेलमा नेदरल्यान्ड्ससँग युक्रेन ३–२ ले पराजित भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक/एक गोल गरे । युक्रेनका लागि एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल फर्काए ।
जितसँगै समूह ‘सी’को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।
नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा छ । ३ अंक नै जोडेको अष्ट्रिया शीर्ष स्थानमा छ ।



