काठमाडौं । आज सुनचाँदी बजार सुनको मुल्य घटेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँमा तोकिएको छ ।
सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कायम महासंघले जनाएको छ ।



