काठमाडौं । युरोकप २०२० को दोस्रो दिन आज तीन खेल हुँदैछ ।
आज समूह ए अन्तर्गत एक र समूह बी का दुई खेल हुनेछन् । समूह ए क वेल्स र स्वीट्जरल्याण्डबीचको खेल अजरवैजानको बाकु ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
यस्तै डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९:४५ बजे डेनमार्कोको घरेलु मैदान कोपनहेगमा हुनेछ । डेनमार्क सन् १९९२ को च्याम्पियन हो भने फिनल्याण्डले पहिलो पटक युरोकप खेल्दैछ ।
यस्तै विश्व नम्बर एक बेल्जियम र रसियाबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ । खेल रसियाबीचको घरेलु मैदान सेन्ट पिटर्सवर्गमा हुनेछ । चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएना र एक्सल विटसल आज खेल्ने छैनन् । ब्रुएनालाई च्याम्पियन्स लिग फाइनलका क्रममा चोट लागेको थियो ।
यस्तै एडेन हाजार्डले पनि आजको खेलमा सुरुवात गर्ने सम्भावना कम रहेको छ । युरोकप क्वालिफाइङमा शतप्रतिशत जित हात पारेको बेल्जियमले रसियालाई छनोटमा दुवै पटक पराजित गरेको थियो ।



