काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ ।
सोमबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा तोकिएको छ भने चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।



