काठमाडौं । साताको पहिलो दिन आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार रुपैयाँमा कायम भएको छ ।
तिहारअघि अन्तिम आज कात्तिक १७ गते सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज तिहार पछिको पहिलो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय रुपैयाँमा कायम भएको छ ।



