काठमाडौं । आज सुनको मुल्य घटेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार कायम भएको छ ।
विहीबार सुनको मुल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कायम भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



