काठमाडौं । आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कायम भएको छ ।
विहीबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले घटेर प्रतितोला ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



