काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । बुधवार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ तोकिएको छ ।
मंगलवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा तोकिएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।



