images
images

फेरि घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 686
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    फेरि घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य घटेको छ । मंगलवार छापावाला सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएइको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतवार ९६ हजार रुपैयाँमा कारोबार भएको सुन सोमवार ८ सयले घटेर  ९५ हजार २ सय रुपैयाँमा झरेको थियो । मंगलवार पनि फेरि १२ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा झरेको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo