काठमाडौं । दशैँपछि काराेबार भएकाे पहिल्लाे दिनै सुनकाे मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँमा कायम भएको छ ।
दशैँ भन्दाअघि असोज १४ गते सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कायम भएको छ ।



