काठमाडौं । चाडबाड नजिकीएसँगै सुनको मुल्य बढ्न थालेको छ । शुक्रबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार ७ सय ७० रुपैयाँ तोकिएको महांघले जनाएको छ ।



