काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधवार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
मंगलवार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार १ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।



