काठमाडौं । आज सुनको मुल्य हजार रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कायमा भएको छ ।
विहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



