काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधवार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।



