काठमाडौं । आज सुनको मुल्य घटेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ तोकिएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ कारोबार भइरहेको छ ।



