काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुकीर्तिमय राष्ट्रदीप पदवीबाट सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा सरकारले घिसिङलाई उक्त पदवीबाट सम्मान गर्ने निर्णय गरेको हो ।
अघिल्लो कार्यकालमा लोडसेडिङ अन्त्य गराएको जस पाएका घिसिङले पछिल्लो कार्यकालमा प्रसारण लाइनको सुधार र विद्युत् निर्यातमा योगदान गरेका थिए ।
उनीसहित विद्युत प्राधिकरणका ११ अाैं तहका निर्देशकद्वय प्रबल अधिकारी र जयराज भण्डारीले सुप्रबल जनसेवाश्री पदवी पाएका छन् ।