काठमाडौं । व्यवसायी चन्द्र ढकाल र पशुपति मुरारकाले सुकीर्तिमय राष्ट्रदीप पदवी पाउने भएका छन् । गृह मन्त्रालयले जारी गरेको सूची अनुसार उनीहरुलाई सो पदवी दिने निर्णय गरिएको हो । उद्योगी व्यवसायीलाई प्रदान गरिएको यो नै सबैभन्दा उच्च पदक हो ।
ढकाल आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै, मुरारका मुरारका अर्गनाइजेसनका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य हुन् ।