काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि न्याय परिषदले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि २०२ जनाको नाम सरकारलाई सिफारिस गरेको छ ।
परिषद्ले ९४ जना मुख्य निर्वाचन अधिकृत र १०८ जना निर्वाचन अधिकृत समेत गरि सो संख्यामा नाम सिफारिस गरेको हो । मुख्य निर्वाचन अधिकृततर्फ ७७ जिल्लामा १/१ जनालाई सिफारिस गरिएको छ भने बाँकी १७ जना अतिरिक्तमा राखिएको छ ।
त्यस्तै, ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृततर्फ सिफारिस गर्दा बाँकी २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा खटाउने गरि सिफारिस गरिएको छ ।