काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको घर नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।
आइतबार उच्च अदालत पाटनले न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापा समेत गरि ३ जनाले शुक्रबार दर्ता गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।
‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाडौं महानगरपालकाले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ।



