काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले विभिन्न ११ वटा निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले नेपाल संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदको दुवै सदस्यको चालु अधिवेशन स्वत २०७९ साल असोज १ गते शनिवार राति १२ बजेदेखि अन्त्य हुन सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७/०७/२७ को निर्णयबमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने ।
कोहलपुर सुर्खेत– दैलेख १३२ केभी प्रशासण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउन अधिकारी दिने निर्णय गरेको छ ।



