images
images

रंगेहात पक्राउ परेका उपसचिव प्रमोद नेपालमाथि भ्रष्टाचार मुद्दा दायर


  • 299
    SHARES
  • २०७९ आश्विन २ गते आइतबार

    रंगेहात पक्राउ परेका उपसचिव प्रमोद नेपालमाथि भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियारी अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आइतबार नागरिक उड्‌डयन महाशाखाका उप(सचिव प्रमोद नेपालविरुद्ध मुद्दा दायर गरेको हो । 

    उनीमाथि साढे २२ लाख रुपैयाँ घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको थिए । 

    अख्तियारले काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।अख्तियारले उनले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको बताएको छ ।

    सोहीको आधारमा उनलाई कैद सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

     


    images
    images

    Logo