काठमाडौं । आसन्न निर्वाचनका लागि भइरहेकाे उम्मेदवारकाे मनोनयन प्रक्रियाप्रति सार्क ट्रेड युनियनले आपत्ति जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि श्रमिक, युवा, तथा किसान समुदायलाई समानुपातिक समावेशी समुह बाहिर राखेर मनोनयन प्रक्रिया अगाडि बढाएको भन्दै युनियनले आपत्ति जनाएको हो ।
कुल जनसंख्याको ७१.०४ प्रतिशत श्रमिक, ४४ प्रतिशत युवा तथा ६६.०७ प्रतिशत किसानहरुलाई राज्य सञ्चालनको मूल प्रवाहीकरणबाट अलग राखिनु कुनैपनि अर्थमा न्यायोचित नभएको युनियनको भनाइ छ ।
परिवर्तनकारी आन्दोलनका वास्तविक नायक समूह संवैधानिक हक अधिकारबाट वञ्चित हुनुले दिगो विकास लक्ष्य प्राप्ति तथा समृद्ध राष्ट्र निर्माण गर्ने युनियनको परिकल्पनालाई साकार रुप दिन नसक्ने तथ्यतर्फ युनियनले ध्यानाकर्षण गराएको छ ।



