images
images

एकैदिन २२ सय ३५ जना सवारी चालक कारवाहीमा


  • 382
    SHARES
  • २०७९ आश्विन २ गते आइतबार

    एकैदिन २२ सय ३५ जना सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ जना सवारी चालक कारवाहीमा परेका छन् ।  ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २ सय ५६ जना, फुटपाथमा पार्किङ गर्ने १ सय २७ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८६ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना रहेका छन् । 

    यस्तै अवस्था ठीक नभएका सवारी साधन चलाउने ५८ जना, हर्नको अनावश्यक प्रयोग गर्ने ५६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३५ जना, सडक लेन उल्लङ्घन गर्ने २६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकहरू रहेका छन् ।  


    images
    images

    Logo