बाठमाडौं । नेप्सेले २ लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । आइतवार नेप्सेले आरएमडीसी लघुवित्त र साना किसान लघुवित्त शेयर कारोबार रोक्का गरेको हो ।
यी दुई लघुवित्त आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । दुबै संस्थाले गत शुक्रबार मर्जर समबन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए ।
मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुने भएको छ। दुई लघुवित्तबीच १००ः८७ को स्वापमा मर्ज हुने समझदारी भएको छ । अर्थात् आरएमडीसी लघुवित्तको हाल १०० कित्ता शेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता शेयर पाउने भएकाछन्।