काठमाडौं । आज ३ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



